ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल हुँदै

ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल आजदेखि सुरु हुँदैछन् । गत १९ फागुनदेखि सुरु भएको ए डिभिजन लिगमा पाँच चरणको खेल सकिएपछि ४ चैतमा ब्रेक भएको थियो । ब्रेकमा प्रधानमन्त्री थ्री नेसन्स कपदेखि मोफसलमा विभिन्न गोल्डकप प्रतियोगिताहरु सम्पन्न भए ।

आजदेखि भने छैटौं चरणको सुरुवाती दुई खेल हुनेछन् । संकटा र एफसी खुमलटारबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ । पाँच खेलबाट संकटा र नवप्रवेशी खुमलटार दुवैको समान ६ अंक छ ।

संकटा आठौं र खुमलटार नवौँ स्थानमा छन् । यस्तै विभागीय डर्बीमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे नै च्यासल मैदानमा खेल सुरु हुनेछ । 

Skip This
Skip This
Logo