टोटनहमलाई बराबरीमा रोक्यो एभर्टनले

टोटनहमलाई बराबरीमा रोक्यो एभर्टनले

केन्द्रबिन्दु
0
Shares

माइकल किनले खेलको अन्तिम मिनेट लामो रेञ्जबाट उत्कृष्ट गोल गरेपछि एभर्टनले टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै एभर्टनका मिडफिल्डर अब्दुलये डोकुरेले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

त्यसपछि ६८ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए।दुवै टोली १० खेलाडीमा सीमित बनेको खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको ८८ औँ मिनेटमा लुकास मोउराले पनि रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित बने। स्पर्स जीततर्फ अघि बढिरहँदा डिफेन्डर किनले २५ यार्ड टाढाबाट गोल गर्दै सन डाइचको टोलीलाई रेलिगेसन जोनबाट बाहिर निकाले।  बराबरीपछि स्पर्स म्यानचेस्टर युनाइटेडलाई उछिन्दै लिगको चौथो स्थानमा उक्लिएको छ। एभर्टन लिगको १५ औँ स्थानमा रहेको छ।

Logo