नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा अमेरिका विश्वकप छनोटमा स्थान बनाउने पहिलो टोली बनेको छ। विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेक्रममा अमेरिकाले जर्सीलाई २५ रनले पराजित गरेको हो ।
नामिबियाको युनाइटेड क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको जर्सी ४७ ओभर ४ बलमा अलआउट हुदै २ सय ६ रन मात्र बनाउन सक्यो ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौँ, युएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिँगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन्। विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।































प्रतिक्रिया