युएईसँग जर्सी पराजित

युएईसँग जर्सी पराजित

केन्द्रबिन्दु
0
Shares

युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा आफ्नो अन्तिम खेलमा जर्सीलाई ६६ रनले पराजित गरेको छ। युएई दोस्रो स्थानमा रहँदै ओडिआई मान्यता बचाउनुका साथै विश्वकप छनोटमा स्थान पक्का भने यस खेल अगावै पुगेको थियो ।

जितको लागि २ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको जर्सी ४४.५ ओभरमा २ सय १८ रनमा अल आउट भयो। जर्सीका ओपनर ह्यारिसन कार्लियोनले ८९ बलमा ७ चौका र ५ छक्कासहित ८५ रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीका हार टार्न सकेनन् ।

अशा ट्राइब ४८ बलमा १ चौका र २ छक्कासहित ४०, जोन्टी जेनर ३२, जोश लरेन्सन १३ र निक ग्रीनवुडले १० रन बनाए । युएईका स्पिनर कार्तिक मयाप्पनले १० ओभरमा ५७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्धिकले तीन र जहुर खानले दुई विकेट लिए ।

त्यसअघि विन्डहोकमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो । युएईको जितमा आसिफ खानले ८६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ८२ रन बनाए । युएईका कप्तान मोहम्मद वासिम ५२ बलमा ५ चौका र ४ छक्कासहिति ६५ रनमा आउट भए ।

डेब्यू खेल खेलेका अर्यांश शर्मा डक आउट भए। वृत्य अरविन्द ७७ बलमा ४ चौकासहित ४५, अंश टन्डन १० र सन्चित शर्मा २३ रनमा आउट भए। आयन खान ४९ बलमा ३ चौासहित ४३ रनमा आउट भए। जर्सीका तीव्र गतिका बलर जुलिस सुमेराउरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए। चाल्र्स पेर्चार्डले दुई विकेट लिए।

युएई ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । अमेरिका ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा रहे । अमेरिका र युएई आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएका छन् ।

Skip This
Skip This
Logo