करिम बेन्जेमाले ह्याट्रिक गरेको खेलमा रियल मड्रिडले बुधबार राति ‘एल क्लासिको’मा चीरप्रतिद्वन्द्वी बार्सिलोनालाई ४-० तथा समग्रमा ४-१ ले हराउँदै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ ।
स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना पहिलो लेगमा १-० ले आगाडि थियो। तर, बार्सिलोनाले घरेलु मैदानमा उक्त अग्रता जोगाउन सकेन। रियालले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाउन सफल भयो । जारी सिजन यो चौथो ‘एल क्लासिको’ खेल हो। यसअघिका तीन खेलमा बार्सिलोना विजयी भएको थियो ।
पाहुना टोली रियालले भिनिसियस जुयिनरको गोलबाट पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो। ५०औँ मिनेटमा बेन्जेमाले रियालको अग्रता दोब्बर बनाए ।
५८औँ मिनेटमा दोस्रो गोल गरेका बेन्जेमाले ८०औँ मिनेटमा ह्याट्रिक गरेका थिए । बेन्जेमाले अघिल्लो खेल लिगमा रियाल भालाडोलिडलाई ६-० ले हराउँदा पनि ह्याट्रिक गरेका थिए ।
रियालले अब उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ। ओसासुनाले मंगलबार राति एथलेटिक बिल्बाओलाई समग्रमा २-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। रियालले १९ पटक कोपा डेल रेको उपाधि जितिसकेको छ।





























प्रतिक्रिया