नेपाल पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत पहिलो चरणबाटै बाहिरिएको छ । शनिबार दशरथ रंगशालामा भएको पहिलो चरणको दोस्रो खेलमा भियतनामसँग २-० अर्थात् समग्रमा ७-१ गोलअन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।
नेपाल पहिलो खेलमा भियतनामसँग ५–१ ले पराजित भएको थियो ।
आज खेलको छैटौं मिनेटमा नै भियतनामले अग्रता लिएको थियो । गुएँ थि माइ आङको कर्नरमा फाम हाइ एनले गोल गरेकी थिइन् । त्यसको एक मिनेट नबित्दै फामले अग्रता दोब्बर पारिन् । जसमा नेपालको गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको खराब प्रदर्शन रह्यो । दोस्रो हाफमा भियतनाम र नेपाल दुवैले केही राम्रा अवसर पनि पाएका थिए तर, सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।
यो जितसँगै बलियो टोली भियतनाम दोस्रो चरणमा छनोट भएको छ । उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया भने यसअघि नै दोस्रो चरणमा लागि छनोट भइसकेका छन् । दोस्रो राउन्डमा रहने १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । शीर्ष टोली तेस्रो राउन्डमा छनोट हुनेछ । तेस्रो राउन्ड दुई लेगमा हुनेछ । त्यसबाट विजेता दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।































प्रतिक्रिया