इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स चेन्नेई सुपर किङग्ससँग सात विकेटले पराजित भएको छ। शनिबार भएकाे खेलमा चेन्नेइले सहज जित निकालेकाे छ ।
टस जितेर बलिङ छानेको चेन्नेईका स्पिनर जम्दा मुम्बई इन्डियन्स २० ओभरमा १५७ रन बनाउन सफल भएकाे थियाे । सबै भन्दा ठूलो स्कोर नै ईशान किसनको ३२ रन बन्यो।
ब्याटिङ गर्न फिल्डमा आएको चेन्नेईका रहाणेले हाफ सेन्चुरी अनि ऋतुराज गायकवाडको ४० रनको सहयोगमा तीन विकेट गुमाएरै जितका लागि आवश्यक रन बनाए। चेन्नेईका लागि रवीन्द्र जडेजाले तीन विकेट लिए। तुषार देशपाण्डे र मिचल सैट्नरले समान दुई-दुई विकेट लिएका थिए ।





























प्रतिक्रिया