थ्री स्टारसँग रोकियो मनाङ मर्स्याङ्दी

थ्री स्टारसँग रोकियो मनाङ मर्स्याङ्दी

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेका छन् । दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र मनाङ मर्स्याङ्दीले १-१ गोलको बराबरी खेलेका हुन् । 

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा दुवै टोलीले एकएक गोल गरेका थिए । ७८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि  कोफी कोउडुले बराबरी गोल फर्काए । उनले ८४ औं मिनेटमा गोल गरेका थिए । 

यस बराबरीसँगै मनाङ ७ खेलमा १५ अंकसहित शीर्षस्थानमा यथावत छ । थ्री स्टार पनि ७ खेलमा ११ अंक जोड्दै सातौं स्थानमा रह्यो ।

Logo