प्रिमियर लिग क्लब लेस्टर सिटीले डिन स्मिथलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । रेलिगेसन जोनमा संघर्ष गरिरहेको लेस्टरले स्मिथलाई यस सिजनको अन्त्य सम्मका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
यो सिजनको अब ८ खेल बाँकी रहँदा लेस्टर रेलिगेसन जोनबाट २ अंकले पछि छ । लेस्टर ३० खेलमा २५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । ११ फेब्रुअरीमा टोटेनहम हटस्परलाई ४–१ ले पराजित गरेपछि लेस्टरले ९ खेल खेल्दा कुनै जित निकाल्न सकेको छैन ।
५२ वर्षीय स्मिथ २०१८ देखि ७ नोभेम्वर २०२१ सम्म एस्टन भिल्लाको प्रशिक्षक बनेका थिए । त्यसपछि उनी च्याम्पियनसिप क्लब नर्विच सिटीको प्रशिक्षक बनेका थिए ।































प्रतिक्रिया