संकटासँग एनआरटी पराजित

संकटासँग एनआरटी पराजित

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्यु रोड टिम (एनआरटी)लाई पराजित गरेको छ । 

दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । संकटाका लागि जुनिअर ओंगुने एनकुंगे र फरवार्ड मनिष डाँगीले गोल गर्दा एनआरटीका निकोलसले गरेको एक सान्तवनामा सीमित रह्यो ।  

यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।

Logo