इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा सिजनको १७ औँ खेलमा राजस्थान रोयल्स तेस्रो जित सहित शीर्ष स्थानमा उक्लिएको छ।
चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा आफ्नो चौँथो खेलमा तेस्रो जित निकाल्ने क्रममा राजस्थानले चेन्नाई सुपर किंग्सलाई ३ रनले पराजित गरेको हो।
राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाएकाे थियाे।
पहिलो खेलमा चेन्नाई गुजरात टाइटन्ससँग पराजित भएको थियो । दोस्रो र तेस्रो खेलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो।
उता,राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो। दोस्रो खेलमा पन्जाब किंग्ससँग पराजित राजस्थानले तेस्रो खेलमा भने दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो।
चौँथो खेलमा तेस्रो जित हात पारेको राजस्थान ६ अंकका साथ १० टिम सहभागी यस लिगको शीर्ष स्थानमा उक्लिएको छ। चौँथो खेलमा दोस्रो हार व्यहोरेका चेन्नाई ४ अंकका साथ पाँचौ स्थानमा कायम रहेको छ।































प्रतिक्रिया