स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ ।आइतबार विहान सकिएको खेलमा रियलले कार्डिजमाथि २-० को जित दर्ता गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल रियलले दोस्रो हाफमा गरेको हो ।रियललाई जिताउन नाचो र माक्रो एसेन्सियोले एक एक गोल गरेका थिए ।

जितसँगै दोस्रो स्थानको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी १० मा झारेको छ ।२८ खेलबाट बार्सिलोनाले ७२ अंक बनाउँदा २९ खेल खेलेको रियलको ६२ अंक रहेको छ । यसैगरी पराजित भएको कार्डिज १५ औँ स्थानमा छ ।
 

Logo