मंगलबारदेखि घरेलु मैदानमा हुने एसिसी प्रिमियर कपको लागि नेपाली राष्ट्रिय टोलीले अन्तिम अभ्यास गरेको छ । प्रतियोगिताका लागि रोहितकुमार पौडेलको कप्तानीमा अन्तिम १४ सदस्य टोली घोषणा गरिसकेको छ ।
एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म टियु र मुलपानी मैदानमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । नेपालले मंगलबार मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
साथै नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा, वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा, वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ ।
समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । यस प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । पछिल्ला १२ मध्य ११ खेलमा जितका साथ सोझै विश्वकप छनोट तथा ओडिआई मान्यता हासिल गरेकाे नेपालले पहिलो पटक एसिया कप खेल्ने दाउमा छ । 




















तस्विर स्राेतः क्यान





























प्रतिक्रिया