रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता

रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता

केन्द्रबिन्दु
0
Shares

लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अट्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११औँ रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो ।

चार दिनसम्म चल्ने उक्त भलिबल खेलको बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले सोमबार धुञ्चेमा शुभारम्भ गरे । प्रतियोगितामा जिल्लाका दस समूह सहभागी भएको आयोजक संस्था लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ ।

‘समन्वय, सहकार्य र सहअस्तित्व, वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ यहाँ वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ ।

संरक्षण सूचीमा सूचीकृत भएको रेडपान्डा, कस्तुरी मृग, हिम चितुवा, बँदेल, कालो भालु, आस्मिज बाँदर, नउर, काँडे भ्याकुर, डाँफेसमेत ३९ भन्दा बढी प्रजातिको वन्यजन्तु एवं पक्षीसमेत संरक्षण गर्न निकुञ्जले उच्च प्राथमिकता दिँदै आएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।वन्यजन्तु संरक्षणमा स्थानीय लाकोस संस्थाले पनि सहयोग गरिराखेको जनाइएको छ ।

Logo