मलेसियाविरुद्ध भीम सार्कीको अर्धशतक

मलेसियाविरुद्ध भीम सार्कीको अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालका युवा व्याटर भीम सार्कीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

टीयु क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालका लागि भीमले अर्धशतक प्रहार गरेका हुन् । उनले ७५ बलमा अर्धशतक पूरा गरे । उनलाई क्रिजमा कुशल मल्लले साथ दिइरहेका छन् । 

हाल नेपाल २८ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा रन बनाएर खेलिरहेको छ । यसअघि कप्तान रोहितकुमार पौडेल आउट भएसँगै तेस्रो झट्का लागेको थियो । उनी २१.५ ओभरमा ४२ रन बनाउँदै पवेलियन फर्किए । त्यस्तै, नेपालले पहिलो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो। आशिफ ३ बलमा १ रन बनाउँदै आउट भए । त्यस्तै, अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए ।  

Skip This
Skip This
Logo