नेपोलीलाई हराउँदै एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेपोलीलाई हराउँदै एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

चिरप्रतिद्वन्द्वी नेपोलीलाई पराजित गर्दै एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा १-१ गोलको बराबरीमा रोकिए पनि समग्रमा नेपोलीमाथि २-१ को जित निकाल्दै एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको हो । योसँगै एसी मिलान १६ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न सफल भएको छ ।

सन् २००६-०७ को सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेयता एसी मिलान क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेकाे थिएन ।  फाइनल प्रवेशका लागि अब एसी मिलानले इन्टर मिलान र बेन्फिकाबीचको विजेतासँग खेल्नेछ । 

Logo