कुवेतमाथि युएईको फराकिलाे जित

कुवेतमाथि युएईको फराकिलाे जित

केन्द्रबिन्दु
0
Shares

युएईले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा  युएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले जितका लागि दिएको ३७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २२८ रन बनाउँदै अलआउट भएको हो । कुवेतका लागि सैयद मोनिबले सर्वाधिक ६८ रन जोडे ।
नवौं नम्बरका आएका उनले ६ छक्का प्रहार गरेका थिए । साथै परविन्दर कुमारले ७ छक्काको मदतमा ५३ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

बलिङतर्फ युएईका जुैनद र कार्तिक मयाप्पनले समान ३३ विकेट लिए । साथै सन्चित शर्मा, आयन खान, जहुर खान र रोहन मुस्तफाले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको थियो । युएईका लागि वृत्य अरविन्द र  रोहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए । 

त्यस्तै,  मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा  ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । 

बलिङतर्फ कुवेतका लागि शाहरुख क्युदुस प्रविन्द्र कुमारले  दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक एक  विकेट लिए । 

Logo