आईपीएलमा राजस्थानमाथी लखनउको रोमान्चक जित

आईपीएलमा राजस्थानमाथी लखनउको रोमान्चक जित

केन्द्रबिन्दु
0
Shares

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चौथो जित निकालेको छ । 

लखनउले छैटौँ खेलमा चौँथो जित हात पार्ने क्रममा सवाई मानसिंह स्टेडियम जयपुरमा साबिक उपबिजेता राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको हो । 

लखनउले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो। राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ३५ बलमा सर्वाधिक ४४ रन बनाए । अर्का ओपनर जोस बटलरले ४१ बलमा ४० रन बनाए । 

पहिलो विकेटका लागि यशस्वी र बटलरले ८७ रनको साझेदारी गरेका थिए । देवदत्त पाडिकलले २१ बलमा २६ रन बनाए। लखनउका लागि आभेस खानले ३ र मार्कस स्टोइनसले २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन बनायो। छैटौँ खेलमा चौथो जित निकालेको लखनउ १० टोली सहभागी लिगमा ८ अंक सहित दोस्रो स्थानमा कायमै रहेको छ । राजस्थान ६ खेलमा ८ अंक सहित शीर्ष स्थानमा रहेको छ।

Logo