नेपालसहित ७ टोलीले काभा नेसन्स लिग खेल्ने

नेपालसहित ७ टोलीले काभा नेसन्स लिग खेल्ने


सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् । नेपाल भलिबल संघले बुधबार किर्गिस्तानमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ टोलीको सहभागिता रहने जनाएको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

 

Logo