डिजिटल ठगीविरुद्ध जनचेतना जगाउन एक महिने फुट-टेक फुटसल हुने

डिजिटल ठगीविरुद्ध जनचेतना जगाउन एक महिने फुट-टेक फुटसल हुने

केन्द्रबिन्दु
0
Shares

आइटी, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूबीच बृहत् फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । 

एड मिडिया प्रालिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डिजिटल ठगीविरुद्धको अभियान अन्तर्गत ‘म सतर्क छु’ भन्ने सन्देशसहित आयोजना गरिने फुटसल प्रतियोगिता यही वैशाख ९ गतेदेखि आरम्भ हुने जानकारी दिइएको छ । 

कार्यक्रम प्रस्तोता विकल्प खरेलका अनुसार उद्योग व्यवसायीहरुबीच सहकार्य, सोहाद्र्वता तथा स्वस्थ प्रतिष्पर्धाको प्रवद्र्धन गर्नु नै फुटसल प्रतियोगिताको प्रमुख उदेश्य भएको बताए । 

उनले भने,‘आइटी, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि सुरु हुँदै छ । यस फुट–टेक फुटसल २०२३ प्रतियोगिताको प्रमुख उद्धेश्य भनेकै देशका अग्रणी आइटी, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायक कम्पनीहरू एकअर्कासँग प्रतिष्पर्धा गर्ने र उद्योग व्यवसायीहरुबीच सहकार्य, सोहाद्र्धता, तथा स्वस्थ प्रतिष्पर्धाको प्रवद्र्धन गर्नु रहेको छ ।’ 

उनले डिजिटल प्रणालीका सेवाप्रदायकहरु एकजुट हुने यो बृहत् प्रतियोगिता अन्तर्गतको मैत्रीपूर्ण प्रतिष्पर्धा ‘म सतर्क छु’ नामक डिजिटल ठगीविरुद्धको अभियानको एक कार्यक्रम रहेको बताए । यो फुटसल प्रतियोगिता १ महिना चल्नेछ भने आगामी जेठ महिनामा यो प्रतियोगिताको फाइनल खेल खेलिनेछ ।

अहिलेको डिजिटल युगमा आफ्नो पहिचान तथा जानकारी सुरक्षित राख्नुपर्ने सचेतता प्रवद्र्धन गर्न ‘म सतर्क छु’ भन्ने सन्देशसहितको यस प्रतियोगिता सफल हुने विश्वास पनि आयोजकको छ ।  

Logo