नेपालले आज ओमानविरुद्ध ५० औँ ओडिआई खेल खेल्दै

नेपालले आज ओमानविरुद्ध ५० औँ ओडिआई खेल खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपालले आज एसिसी प्रिमियर कपमा ओमानविरुद्ध आफ्नो ५० औँ ओडिआई खेल खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरुहुनेछ। सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औँ ओडिआई खेलेको छ।

नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । ४९ ओडिआईमा नेपालको २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ ।

नेपालले युएईसँग १३, पपुवा न्युगिनीसँग १०, ओमान, नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६ ओडिआई खेल खेलेको छ । नेदरल्यान्ड्ससँग दुई ओडिआई खेल खेलेको छ । नेपालले हालसम्म कुल ७ देशसँग ओडिआई खेल खेलेको छ ।

एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।

एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमानले कतारलाई ४० रनले हराएको थियो । नेपालको रोहित पौडेल र ओमानको जिशान मकसुदले कप्तानी गर्नेछन् । युवा खेलाडीले भरिएको नेपाल र अनुभवी खेलाडीको बाहुल्यता भएको ओमानबीचको प्रतिस्पर्धा कडा हुने अपेक्षा गरिएको छ ।

Logo