इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै दिल्ली क्यापिटलले जितेको छ ।
आईपीएलको २८औँ खेलमा कोलकाताले दिल्लीसामु १२८ रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङ गरेको दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाएकाे थियाे ।
चालू सिजनमा दिल्लीको यो पहिलो जीत हो । दिल्ली अंकतालिकाको पुछारमा छ । उसले हालसम्म खेलेका ६ खेलमध्ये ५ खेल हारेको छ । कोलकाता अंक तालिकाको ८औं नम्बरमा छ । अंक तालिकाको शीर्ष स्थानमा राजस्थान र दोस्रोमा लखनऊ रहेको छ ।





























प्रतिक्रिया