आईपीएलमा चेन्नाईसँग हैदराबाद पराजित

आईपीएलमा चेन्नाईसँग हैदराबाद पराजित

केन्द्रबिन्दु
0
Shares

ईन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नाई सुपर किंग्सले जित निकालेको छ। चेन्नाईले घरेलु मैदान एम ए चितम्बरम स्टेडियममा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । 

हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नाईले १८ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । चेन्नाईको जितमा ओपनर डेभन कन्वेले ५७ बलमा १२ चौका र १ छक्कको सहयोगमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । कन्वेले ३३ बलमा अर्धशतक पूरा गरेका थिए। 

अर्का ओपनर ऋतुराज गायकवाडले ३० बलमा ३५ रन बनाए । हैदराबादका लागि मंयक मारकन्डेले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो । 

हैदराबादका लागि अभिषेक शर्माले २६ बलमा सर्वाधिक ३४ रन बनाए । राहुल त्रिपाटीले २१ तथा हेनरिक केल्सनले १७ रन बनाए । मार्को यानसन २७ रनमा अविजित रहँदा कप्तान एडेन माक्ररमले १२ रन बनाए । 

चेन्नाईका लागि रविन्द्र जडेजाले ३ तथा मथिशा पथिराना,महेश थिक्सना र आकाश सिंहले समान ११ विकेट लिए ।छैटौँ खेलमा चौथो जित हात पारेको चेन्नाई ८ अंक सहित १० टोली सहभागी लिगको तेस्रो स्थानमा उक्लिएको छ । 

Skip This
Skip This
Logo