आईपीएलमा कोलकत्तालाई हराउदै चेन्नाई शीर्ष स्थानमा

आईपीएलमा कोलकत्तालाई हराउदै चेन्नाई शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

भारतमा जारी रहेको ईन्डियन प्रिमियर लिग(आईपीएल)को ३३ औँ खेलमा कोलकत्ता नाईट राईडर्सलाई हराउदै चेन्नाई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकत्ताको घरेलु मैदान ईडन गार्डेनमा भएको खेलमा चेन्नाईले कोलकत्तालाई ४९ रनले हराएको हो । चेन्नाईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो । 

कोलकत्ताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । रोयले २६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले। सिंहले ३३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रन बनाए। 

पाँचौ विकेटका लागि रोय र सिंहले ३७ बलमा ६५ रनको साझेदारी गरे। कप्तान नितिश राणाले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २७ रन बनाउँदा वेंकटेस अय्यरले २० बलमा २० रन बनाए। 

चेन्नाईका लागि महेश थिक्सना र तुशार देशपान्डेले समान २/२ तथा मधिसा पथिराना,रविन्द्र जडेजा ,मोईन अलि र आकाश सिंहले समान १/१ विकेट लिए।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो । 

चेन्नाईका लागि ओपनर डेभोन कन्वे,अजिक्या रहाणे र शिभम दुवेले अर्धशतकीय ईनिङ खेले ।  कन्वेले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । पहिलो विकेटका लागि कन्वे र ऋतुराज गायकवाडले ४५ बलमा ७३ रनको साझेदारी गरे । 

ऋतुराज गायकवाडले २० बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए । अजिक्या रहाणेले २९ बलमा ६ चौका र ५ छक्का सहयोगमा अविजित ७१ रन बनाए। दुवेले २१ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । दुवे र रहाणेले तेस्रो विकेटका लागि ३२ बलमा ८५ रनको साझेदारी गरे । रविन्द्र जडेजा ८ बलमा १८ रन बनाएर आउट भए ।

कोलकत्ताका लागि कुलवन्त खेजरोलीया २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १/१ विकेट लिए ।  सातौँ खेलमा पाँच जित र दुई हारका साथ चेन्नाई १० टोली सहभागी यस लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईको यो लगातार तेस्रो जित हो ।

Logo