एसिसी प्रिमियर कपमा आज ओमान र साउदी तथा युएई र बहराइन भिड्दै

एसिसी प्रिमियर कपमा आज ओमान र साउदी तथा युएई र बहराइन भिड्दै

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज पनि २ खेल हुँदैछ ।

मूलपानी र कीर्तिपुर मैदानमा एक एक खेल हुने छन् । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा रहेका यी दुवै टिम सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यो समूहबाट नेपाल १ खेल अगावै सेमिफाइनल पुगिसकेकाले आजको विजेता सेमिफाइनल पुग्ने छ । ओमान ४ तथा साउदी ३ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । मलेसिया ४ अंकसहति दोस्रो स्थानमा रहे पनि आजको नतिजा पछि मलेसिया पनि प्रतियोगिताबाट बाहिर हुने छ ।

यस्तै मूलपानी मैदानमा युएई र बहराइन आमने सामने हुन लागेका छन् । सेमिफाइनल पुग्न दुवै टिमलाई जित आवश्यक रहेको छ । युएई विजयी भए सेमिफाइनल पुग्ने छ भने बहराइन विजयी भए कुवेत र हङकङबीचको खेल कुर्नु पर्ने छ ।

Skip This
Skip This
Logo