इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ।युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो।
बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १-० को गाेल अन्तरकाे तथा समग्रमा २-१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। सो खेलको पहिलो हाफको १५ औँ मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक बन्यो। पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो।
अब इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेस मध्ये एक विजेतासँग खेल्नेछ। यि दुई टोली बिच आज राति प्रतिस्पर्धा हुदैँछ ।





























प्रतिक्रिया