सन्दीपलाई वर्ल्डलिंकको एक लाख नगदसहित सम्मान

सन्दीपलाई वर्ल्डलिंकको एक लाख नगदसहित सम्मान

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ । 

ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई एक लाख नगदसहित सम्मानित गरेको हो ।राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए । 

आज भएको कतारविरुद्धको खेलमा नेपालको जितमा नायक बनेका लाछिानेले कतारको महत्वपूर्ण पाँच विकेट लिएका थिए ।

May be an image of 1 person and text

Logo