एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज शुक्रबार जोर्डनको सामना गर्दैछ ।नेपालले प्रिन्स मोहमद स्टेडियममा आयोजक जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
नेपाल आज जोर्डनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई जितको विकल्प छैन । जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको थियो ।































प्रतिक्रिया