एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
त्रिवि मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो।
नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।





























प्रतिक्रिया