कुवेतविरुद्ध नेपाललाई पाँचौँ सफलता, करण केसीले लिए ४ विकेट

कुवेतविरुद्ध नेपाललाई पाँचौँ सफलता, करण केसीले लिए ४ विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध पाँचौ सफलता प्राप्त गरेको छ । 

जितको लागि २८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ६ ओभरमा ५ विकेट गुमाएको हो । तीव्र गतिका बलर करण केसीले ६.३ ओभरमा सिरज खानलाई ३ रनमा दीपेन्द्रसिंह ऐरीबाट उत्कृष्ट क्याच आउट गराएका हुन् । 

त्यसअघि ४.५  ओभरमा करण केसीले नै रविजा सन्दररुवानलाई ९ रनमा क्याच आउट गराएका थिए । साथै उनले पहिलो ओभरको पाँचौं बलमा ओपनर आदनान इद्रिसलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले अर्का ओपनर परविन्दर कुमारलाई एक रनमा एलबीडब्लू आउट गरे । केसीको तेस्रो ओभरको चौथो बलमा  मिट भाष्भर उत्कृष्ट क्याचको शिकार भएका थिए ।  

Logo