गोल्डकोष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी चन्दु शाहीलाई स्वर्ण

गोल्डकोष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी चन्दु शाहीलाई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

नेपालकी चन्दु शाहीले गोल्डकोष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा स्वर्ण पदक जितेकी  छन् ।

अस्ट्रेलियाको गोल्डकोष्टस्थित करारा रंगशाला आइतबार भएको महिला ३० वर्षमुनिको एकल पुम्सेमा चन्दुले स्वर्ण जितेकी हुन् । विभिन्न ६ राष्ट्रका खेलाडी सहभागी उक्त स्पर्धामा चन्दुले सर्वाधिक ६.३० अंक जोडिन् । 

६.२५ अंकसाथ अष्ट्रेलिया दोश्रो तथा ६.१० अंकसाथ न्युजिल्यान्डका खेलाडी तेश्रो भए ।

Logo