नेपाललाई एकपछि अर्काे सफलता, रोहान मुस्ताफा आउट

नेपाललाई एकपछि अर्काे सफलता, रोहान मुस्ताफा आउट

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपको फाइनलमा नेपालले  फिल्डिङ रोजेको छ।  नेपालविरुद्ध फाइनलमा यूएईले पाँच विकेट गुमाएको छ ।

सन्दीप लामिछानेले रोहान मुस्ताफालाई कुशल मल्लबाट २ रनमा क्याच गराए। युएईले १३.१ ओभरमा ५ विकेटको क्षतिमा ५१ रन जोडेको छ।

त्यसअघि  नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् भने करण केसीले दोस्रो सफलता दिलाएका छन्।  सोमपालले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गरेका छन्।

त्यस्तै करण केसी ले युएइका विकेट किपर अरविन्दलाई आउट गराएका हुन्।नेपाललाई चौथो सफलता दिलाउने क्रममा ललित रावजंशीले रमिज शेहजादलाई गुलशन झा बाट क्याच आउट गरे ।रमिज ५ बल खेल्दा १ रन बनाएर आउट भए। 

Logo