मनाङकाे क्लब इतिहासकै खराव प्रदर्शनबीच मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

मनाङकाे क्लब इतिहासकै खराव प्रदर्शनबीच मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले जारी लिगमा क्लब इतिहासकै खराव प्रदर्शन गरेपछि श्रेष्ठले सोमबार व्यक्तिगत कारण देखाएर मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । 

मनाङले जारी सहिद लिगका लागि नै उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको नेतृत्वमा पहिलो ७ खेलमा क्लबले राम्रै प्रदर्शन गरेको थियो, तर  पछिल्लो ६ खेल लगातार हार व्यहोरेपछि उनी दबाबमा थिए । हाल मनाङ पहिलो लेगको समाप्तीमा १५ अंकका साथ १०औं स्थानमा छ ।

मनाङ पछिल्लो खेलमा चर्च ब्वाइज युनाइटेड क्लबसँग ३–० ले पराजित भएको थियो । यसअघि सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब, त्रिभुवन आर्मी क्लब, एफसी खुमलटार र नेपाल पुलिस क्लबसँग लगातार हार व्यहारेको थियो । यो मनाङको लिगमा अहिले सम्मकै खराब प्रदर्शन हो ।

Logo