ए डिभिजन लिगकाे दोस्रो लेग आजबाट, दुई खेल हुँदै

ए डिभिजन लिगकाे दोस्रो लेग आजबाट, दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग २०२३ अन्तर्गत दोस्रो लेगका खेलहरू आज मंगलबारबाट सुरु हुँदैछ ।

लिगको दोस्रो लेग अन्तर्गत मंगलबार दुई खेलहरु सुरु हुँदैछन्। जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शीर्ष स्थानको जावलाखेल युथ क्लब र पुछारको नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यस्तै च्यासल मैदानमा दोस्रो स्थानको थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र खुमलटारबीचको दिउँसो ३ बजे सुरु हुनेछ।

Logo