सन्दीप लामिछाने एसिसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन। उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन्।
सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन्। खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए।
यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ। प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन्।





























प्रतिक्रिया