स्पेनिस ला लिगामा बार्सिलोनाको जीत

स्पेनिस ला लिगामा बार्सिलोनाको जीत

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगाको शीर्षस्थानको बार्सिलोनाले ओसासुनालाई पराजित गरेकाे छ ।घरेलु मैदानमा बार्सिलोनाले कठिन संघर्षपछि ओसासुनालाई १-० ले पराजित गरेको हो ।

स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राति भएको खेलको ८५औँ मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई १-० को जीत निकाल्न सकेको हो ।

७६औँ मिनेटमा मैदान छिरेका अल्वाले फ्रान्की डि जोङको पासमा गोल गरे पछि बार्सिलाेनाले पराजय वा बराबरी भाेग्न नपरेकाे हाे  ।  

शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक बटुलेको छ भने पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौँ स्थानमा सिमित छ ।

यस जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ । अब अर्को खेलमा स्पान्योललाई हराउन सकेको खण्डमा उ बिजेता बन्नेछ।  बार्सिलोना २०१८-१९ को सिजनपछि ला लिगाको पुनः च्याम्पियन बन्ने लागेको हो ।

Skip This
Skip This
Logo