काठमाडौं ।
फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी ओर यस वर्ष प्रदान नगरिने भएको छ । फ्रेन्च फुटबलले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको छ ।
कोरोनाबाट प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो । कोरोनाकै कारण फ्रेन्च लिग रद्द भएको थियो । सन् १९५६ पछि पहिलो पटक २०२० मा यस वर्ष बालोन डी’ओर प्रदान नगरिने भएको हो ।
अवार्डको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै पनि खेलाडीलाई अवार्ड प्रदान गरिने छैन । यस अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् । यस्तै रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।































प्रतिक्रिया