लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल तिघ्राको चोटका कारण आईपीएल र अष्ट्रेलियाविरुद्धको जुनमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिरिएका छन् ।
उनले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै यस विषयमा जानकारी दिएका हुन् । सोमबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेलको दोस्रो ओभरमा बल पछ्याउने क्रममा राहुलको दाहिने खुट्टामा चोट लागेको थियो । ३१ वर्षीय राहुलले खेल जित्ने आशामा ११ नम्बरमा ब्याटिङ गर्न मैदान छिरे । तर उनी रन लिन दौड्न सकेनन् । जसका कारण ९ नम्बरमा आएका अमित मिश्राले अन्तिम ओभरको प्रत्येक बलको सामना गरेका थिए





























प्रतिक्रिया