ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै


सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन्।

लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आइतबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। मछिन्द्र र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

Logo