फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जीत हासिल गरेको छ । घरेलु टोली ट्रोएसलाई ३-१ ले पराजित गर्दै लिगको शिर्षस्थानमा रहेको पिएसजीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

ट्रोएसको खेल मैदानमा आइतबार राति भएको खेलको ८ औँ मिनेटमा केलियन एमबाप्पेले सुरुवाती गोल गरेर पिएसजीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीवाट गोलका लागि अनवरत प्रयास गरे पनि कुनै गोल हुन सकेनन, अन्ततः पहिलो हाफ १–० मा टुंगियो । 

उता, दोस्रो हाफको ५९औँ मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारिदिए तर ८३औँ मिनेटमा जेभियर चाभालेरिनले गोल फर्काउदै खेललाई २-१ को स्थितिमा ल्याए।

अन्तिम समयमा रोमाञ्चक बन्न पुगेको खेलको ८६ औँ मिनेटमा पछि फावियन रुइजले गोल गर्दै पिएसजीलाई ३–१ को स्थीतिमा अघि बढाए। अन्ततः खेल ३-१ मा टुंगिन पुग्यो।

यस जितसँगै शीर्षस्थानको पिएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ भने पराजित ट्रोएस समान ३४ खेलबाट २२ अंक जोडेर १९औं स्थानमा सिमित छ।

Skip This
Skip This
Logo