प्रथम अष्ट्रिया स्प्रिङ्ग ओपन पिकलबल खेल्न जाने नेपाली खेलाडीको बिदाई

प्रथम अष्ट्रिया स्प्रिङ्ग ओपन पिकलबल खेल्न जाने नेपाली खेलाडीको बिदाई

केन्द्रबिन्दु
0
Shares

स्पेनको क्याडिज शहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ्ग ओपन–२०२३ पिकलबल प्रतियोगितामा सहभागी हुन जाने खेलाडीको बिदाई गरिएको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमाक आयोजित विदाई कार्यक्रममा नेपाल पिकल बल संघका अध्यक्ष उमेशकुमार आचार्यले शुभकामनासहित राष्ट्रिय झण्डा प्रदान गरेर खेलाडी ज्याक्सन सुवेदीको बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा संघका महासचिव रणविर सिंह क्षेत्री, कोषाध्यक्ष ज्ञानु गोपाल राना, सत्यनारायण मानन्धर, अनुप रत्न शाक्य, राधेश्याम मचामसीले पनि खादा माला लगाएर खेलाडी सुवेदीको बिदाई गरेका थिए ।

प्रतियोगिता यही जेठ ५ गते देखि ६ गते सम्म आयोजना हुनेछ । सबै उमेर समूहका ब्यक्तिहरुले खेल्न मिल्ने खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय रहेको छ । नेपालमा पनि यसको विभिन्न खेल भईसकेको र भारतमा आयोजना भएको प्रतियोगिताहरुमा पनि नेपाली खेलाडीहरुले प्रतिष्पर्धा गर्दै पदक हात पार्न सफल भइसकेका छन् । 

खेलाडी सुवेदी आईतबार स्पेनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Logo