ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा

ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा

केन्द्रबिन्दु
0
Shares

आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट (ग्लोबल क्वालिफायर) का लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजले आफ्नो १५ सदस्सीय टोली घोषणा गरेको हो ।  

विश्वकप छनोट अघि युएईविरुद्ध तीन खेल्न लागेको वेस्ट इन्डिज क्रिकेट बोर्डले शाई होपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सोही टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पनि सहभागी हुँदैछ ।

विश्वकप छनोटमा आयोजक जिम्बावेसहित नेपाल,  वेस्ट इन्डिज, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र अमेरिकासहित १० टोलीले सहभागिता जनाउँदै छन् । यस छनोटबाट विजयी दुई टोलीले भारतमा आयोजना हुने विश्वकप खेल्ने छन् । 

वेस्ट इन्डिजको टोली

शाई होप (कप्तान), रोभम्यान पोवेल (उपकप्तान), निकोलस पुरन,  केसिया कार्टी, रोस्टन चेस, जेसन होल्डर, शमराह ब्रुक्स, यानिक कारिया, अकिल हुसेन, कायल मायर्स, गुडाकेस मोती, अल्जारी जोसेफ, ब्रान्डन किंग,  किमो पल र रोमारियो शेफर्ड 

Logo