आर्मीसँग चर्च ब्वाइज पराजित, शीर्षस्थानमा उक्लने मौका गुमायो

आर्मीसँग चर्च ब्वाइज पराजित, शीर्षस्थानमा उक्लने मौका गुमायो

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडमाथि जित हात पारेको छ । 

शनिबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइजमाथि १-० को जित दर्ता गरेको हो । आर्मीको जितमा जिलेस्पी जंग कार्कीले ४३औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । 

जितसहित आर्मी उपाधि होडमा फर्किएको छ । १७ खेलबाट २४ अंक जोडेर पाँचौ स्थानमा उक्लेको हो । तर पराजित चर्च ब्वाइजले भने शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । चर्च ब्वाइज ३० अंकसहित दोस्रो स्थानमा छ ।

Logo