इन्डियन प्रिमियर लिग (आईपीए) मा पञ्जाब किंग्सले दिल्ली क्यापिटललाई ३१ रनले हराउँदै जितेको छ ।
शनिवार राति भएको खेलमा ५९औँ खेलमा शुरूआती ब्याटिङ गर्दै पञ्जाबले १६७ रन बनाएको थियो। जवाफी ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो ।
पञ्जाबको जीतका लागि ओपनर प्रभसिमरन सिंहले सानदार १०३ रन बनाए भने बलर हरप्रीत बरारले ३० रन दिएर ४ विकेट लिए ।पञ्जाबविरुद्ध ब्याटिङ गर्दा दिल्लीले ५ ओभरमा ६ विकेट गुमाइसकेको थियो । आईपीएल सिजनमा पञ्जाबको यो छैठौँ जीत हो । पञ्जाब अंकतालिकामा छैठौँ स्थानमा छ भने दिल्ली पुछारमा रहेको छ।





























प्रतिक्रिया