पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ ।
एसी एजासियोलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधी जीतको सम्भावना बलियो बनाएको हो । जसमा एक गोल उपहारमा पाएको थियो ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औँ मिनेटमा पिएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो। र, त्यसको १० मिने पछि अर्थात ३३ औँ मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारे। र, खेल पहिलो हाफमा २-० को अवस्थामा रहन पुग्यो।
तर, दोस्रो हाफको सुरुवाती अर्थात ४७औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ३-० को अग्रतासहित फराकिलो अन्तर बनायो । र, उनै एम्बाप्पेले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीको अग्रतालाइ ४-० मा पुर्याइदिए ।
एजासियोको बिडम्बना नै भनौँ, ७३औँ मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५-० ले अघि बढ्यो। दुबैतर्पफवाट कुनै गाेल हुन नसके पछि अन्ततः खेल ५-० मा टुंगियाे।
रोचक त भे के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो। खेलको ७७औँ मिनेटमा पिएसजीका अचरफ हाकिमीले तथा ८०औँ मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो। यस जितसँगै शीर्षस्थानको पिएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औँ स्थानमा सिमित छ ।





























प्रतिक्रिया