फूलहमकाे जीतसँगै साउथह्याम्टन ११ बर्ष पछि रेलिगेसनमा

फूलहमकाे जीतसँगै साउथह्याम्टन ११ बर्ष पछि रेलिगेसनमा

केन्द्रबिन्दु
0
Shares

साउथह्याम्टन इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ।घरेलु मैदानमै फुलहमसँग २-० ले पराजय भएको साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी रहदैँ रेलिगेसनमा परेको हो। 

प्रिमियर लिग अन्तरगत शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिन पुगेको थियो। 

दोस्रो हाफको सुरुवाती अर्थात ४८औँ मिनेटमा भिनिसियसले गोल गरे पछि फुलहमले १-० को अग्रता लिन सफल भयो र ७२औँ मिनेटमा एलेक्सान्डर मित्रोभिचले ले ह्यारी विल्सनको पासमा गरेको दोस्रो गोल नै निर्णायक हुन पुग्यो ।

अन्ततः फुलहम २-० ले बिजेता बन्यो।   यस जितसँगै फुलहम ३६ खेलबाट ५१ अंक जोडेर नवौँ स्थानमा छ भने पराजित साउथह्याम्टन ३६ खेलबाट २४ अंक जोडेर पुछारमा रहेको छ ।

Logo