एभर्टनलाई पराजित गरेको म्यानचेस्टर ४ अंक थप गर्दै शिर्षस्थानमा

एभर्टनलाई पराजित गरेको म्यानचेस्टर ४ अंक थप गर्दै शिर्षस्थानमा

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।शनिवार राती भएको खेलमा घरेलु टोली एभर्टनलाई ३-० ले पराजित गर्दै उपाधीको सम्भावना बढाएको हो। 

गुडिसन पार्कमा आइतबार राति भएको सहज जीतको खेल पछि दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो ।

म्यानचेस्टरले पहिलो हाफमा नै दुई गोल गरेको थियो । पहिलो हाफको ३७औँ मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाएको केही बेरमा अर्थात ३९ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भए।

यसैगरी, दोस्रो हाफको ५१औँ मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जीतकाे स्थीतिमा ल्याइ दिए । त्यसपछि दुवैतर्फवाट गोल हुन सकेनन, अन्ततः म्यानचेस्टर ३-० को अग्रतासहित उपाधी होडतर्फ थप अग्रसर हुन पुग्यो । 

यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औँ स्थानमा सिमित रहेकाे छ ।

उता, समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधी होडमा आफुलाई शिर्षस्थानमा राखेको छ ।

Skip This
Skip This
Logo