ए डिभिजन लिगमा आज एक खेल हुँदै

ए डिभिजन लिगमा आज एक खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार एक खेल हुँदैछ।लिगको दोस्रो लेगको छैटौं चरण अन्तर्गत शनिबार अन्तिम एक खेल हुँदैछ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। थ्री स्टार र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।

थ्री स्टार आज सातौँ जितको योजनामा हुनेछ। थ्री स्टार १८ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।सातदोबाटो आठौँ जितको खोजीमा हुनेछ। सातदोबाटो १८ खेलमा २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

Skip This
Skip This
Logo