ला लिगा च्याम्पियनको उपाधी बार्सिलोनालाई

ला लिगा च्याम्पियनको उपाधी बार्सिलोनालाई

केन्द्रबिन्दु
0
Shares

चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधी उचालेको छ।  शनिबार राति घरेलु मैदानमा रियाल सोसिडाडसँग १–२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधी उचालेको हो। 

घरेलु मैदानमा शनिवार राती भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग २-१ ले पराजित भएपछि उसका समर्थकले एकलौटी बिजयको उल्लास भने मनाउन पाएनन्। उसले उपाधीमा बाजी मारेर आफ्नो जीतमा भने सेलिब्रेसन गरेको छ। 

खेल सुरु भएको पाँचौं मिनेटमा मिकेल मेरिनोले गरेको गोलसँगै पाहुना टिम सोसिडाडले अग्रता लिन सुरु गरेको थियो। पहिलो हाफ १-० मा नै टुंगियो। घरेलु टिम बार्सिलोनमाथि दबाब बढाएको सोसिडाडका लागि ७२ औँ मिनेटमा अलेजेन्डर सोर्लोथले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारेपछि बार्सिलोना थप दबाबमा पर्न गयो। 

तर, निर्धारित समयको अन्तिम मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काएपछि बार्सिलोनाले गोलरहित पराजय भने भोग्नु परेन्। अन्ततः खेल २-१ मा टुंगिदै बार्सिलाेनाले उपाधी जीतमा सेलिब्रेसन गर्ने राहात पायो। तर, बार्सिलोना ८५ अंक जोडेर ला लिगाको च्याम्पियन बन्न सफल हुन पुगेकाे छ।  

Logo