साबिक विजेता गुजरात टाईटन्सलाई हराउदै चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल प्रवेश गरेको छ। घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेपकमा चेन्नाई १५ रनले विजयी भएको हो ।
चेन्नाईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय ५७ रन बनायो।गुजरातका लागि ओपनर शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए।
राशिद खानले १६ बलमा ३ चौका र २ छक्का सहयोगमा ३० रन बनाए। विजय शंकरले १० बलमा १ छक्काको सहयोगमा १४ रन बनाए।गुजरातले तेस्रो ओभरको अन्तिम बलमा अर्का ओपनर ऋद्धिमान शाहलाई व्यक्तिगत १२ रनमा गुमाएको थियो। दाशुन शनकाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए।
गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १८ औँ ओभरमा मथिशा पथिरानाको बलिङमा २ विकेट लिए पछि खेलमा चेन्नाईलाई फर्किएको थियो । १९ औँ ओभरको दोस्रो बलमा तुसारदेश पान्डेले राशिद खानलाई आउट गराएसँगै चेन्नाईको जित लगभग पक्का गराएका थिए। निर्धारित २० ओभरको अन्तिम बलमा मथिशा पथिरानाले मोहम्मद सामीलाई आउट गरेसँगै खेल चेन्नाईले जितेकाे हाे ।
आइपीएलको ईतिहासमा गुजरात पहिलो पटक अलआउट भएको हो ।गुजरातका मोहित शर्मा र मोहम्मद सामीले समान २/२ तथा नूर अहमद,दर्शन नालकंडे र राशिद खानले समान १/१ विकेट लिए ।जितसँगै चेन्नाईले फाइनलमा स्थान बनाएको छ। फाइनल खेल आगामी आइतबार हुनेछ ।





























प्रतिक्रिया